काठमाडौँ‘  -चलचित्र ‘कान्छी’ को गीत चरी चट्टपरि भुरुरुलाई ’ १ करोड पटक हेरिएको छ । लोकलयमा आधारित यो गीतलाई १ करोड भन्दा बढी पटक हेरिएको हो ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । फिल्ममा दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको निर्देशन आकाश अधिकारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया