काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बुधबारको चन्द्रग्रहण खतरानाक निकै हुन सक्ने भविष्यवाणी गरिएको छ । चर्चित ज्योतिषशास्त्री डा सुनिल सिटौलाका अनुसार बुधबारको खग्रास चन्द्रग्रहणले देशमा अस्थिरता ल्याउने, विदेशी दबाब बढ्न सक्ने र प्रतिष्ठित व्यक्तिहरुको समेत मृत्यु हुन सक्ने संभावना रहेको भविष्यवाणी समेत गरेका छन् । बुधबार साँझ काठमाडौँमा ६ बजेर २६ मिनेटमा ग्रहण सुरु हुनेछ ।

सिंह राशी अग्नि तत्व भएको र ग्रहण लाग्ने सभएका कारण देशमा अन्तर्राष्ट्रिय दबाब बढ्ने तथा प्रतिष्ठित व्यक्तिको मृत्यु हुन सक्ने ज्योतिषशास्त्री डा सुनिल सिटौलाले भविष्यवाणी गरेका छन् । उक्त समयमा मास हिस्टेरिया जस्ता रोग बढ्न सक्ने, देशमा झगडा र युद्द हुन सक्ने बताइएको छ । “शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उनले भने।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन। समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ। यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने ९सुपर मुन० र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

तपाईको प्रतिक्रिया