रबिन्द्र यादव/नवलपरासी – स्वास्थ्यको लागी खेल राष्ट्रका लागी खेल नारा सहित महेन्द्र माध्यमिक विद्यालय सुस्ता गाउपालिका वडा नं २ कुडिया को आयोजनामा २० अौ बेलाटारी स्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद तियोगीताको उदघाटन मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्रि हृदयेश त्रिपाठीले एक कार्यक्रमको बिच गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा बोल्दै नेता त्रिपाठीले अाफ्नो निर्वाचन क्षेत्र भित्र स्रोत केन्द्र स्तरिय खेलकूद आयोजना गर्ने विद्यालयलाई सांसद विकाश कोष बाट पाँच लाख अार्थिक सहयोग दिने घोषण गरेका थिए । त्रिपाठीको यस्तो घोषणले खेलकुद अायोजना गर्ने विद्यालय लाई झन् हौसला थपिएको छ । त्यसैगरी त्रिपाठीले हाल वर्तमान देउवा सरकार द्वारा गैर कानुनी रुपले अरबौ रुपया निकासा गर्दा पनि उखुको मुल्य तोक्न सरकार असमर्थ रहेको बताउदै कामचलाउ सरकारको विदाई पछि बन्ने बाम गठबन्धनको सरकारले किसानको उचित माग संबोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्तकार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रियाज अन्सारी अध्यक्षता र सांसद हृदयेश त्रिपाठीको प्रमुख अथित्यता रहेको थियो। कार्यक्रममा क्षेत्र नं.१ (ख)का प्रदेश सभा सदस्य अजय बहादुर शाही, सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी, सहायक जिल्ला शिक्षा अधिकारी तारा राम लम्साल, पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे,करम हुसैन अन्सारी, खडक बहादुर कमाल बेलाटारी स्रोत केन्द्रका स्रोत व्यक्ति दधिराम शर्मा, लगायतहरुले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त खेलकुद प्रतियोगीतामा बेलाटारी स्रोत केन्द्रका ६७ विधयालयहरुको सहभागिता रहको छ र यो खेलकुद तीन दिन सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया