बाबुहरु ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।

यसो भन्नुमा उनको बाध्यता थियो । कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केहि छैन, विचार यी बाबुहरु (सेनालाई) अहिले पनि उस्तै समस्या छ’, मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, सरकारका तर्फबाट केहि पनि व्यवस्थापन भएको छैन ।

मर्यादाक्रममा प्रदेशको पहिलो नम्बरमा रहने प्रदेश प्रमुख नियुक्त गरे पनि सरकारले उनको निवास तथा कार्यालय व्यवस्थापनमा भने बेवास्ता गरेको छ ।, आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया