कोहलपुर – बाँकेको कोहलपुरमा सम्पन्न बुम रेमिट जिल्लास्तरीय अन्तर विद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधी वागेश्वरी एकेडेमीले उचालेको छ । मंगलबार कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा श्रीचन्द्र मेवालाल स्कुललाई ३ विकेटले पराजित गदै वागेश्वरीले रोमाञ्चक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चन्द्र मेवालालले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ९ रन जाडेको थियो । जसकालागी फिरोज अन्सारीले १९ रन जोडेका थिए भने समसुद्धिन अन्सारी र फैजन अन्सारीले समान १४÷१४ रन बनाएका थिए । विकेट लिने क्रममा वागेश्वरीका दिपेन्द्र रावत, अनुराग वली र शशांक थापा मगरले समान २÷२ विकेट लिएका थिए । १ सय १० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वागेश्वरी एकेडेमीले १ बल बाँकी छँदै ७ विकेटको जित निकालेको थियो । टिमलाई जिताउने क्रममा वागेश्वरीका शिव खत्रीले अर्धशतकिय पारी खेल्दै ५५ रन जोडेका थिए भने विपिन शाहीले १२ रन बनाएका थिए । मेवालालका शकिब शेखले ३ तथा ईम्रान अन्सारीले २ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच ५५ रन बनाएका शिव खत्री घोषित भए । प्रतियोगिता समापन कार्यक्रममा बिजेता तथा उपविजेता टिमलाई कोहलपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि लुटबहादुर रावत लगाएत अतिथिहरुले संयुक्त रुपमा ट्रफी सहित नगद तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता हुने वागेश्वरीले २१ हजार नगद सहित ट्रफी प्राप्त ग¥यो भने उपविजेता श्री चन्द्र मेवालाल स्कुलले ११ हजार नगद प्राप्त ग¥यो ।

साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका वागेश्वरीका दिपेन्द्र रावत उत्कृष्ट बलरका रुपमा समेत पुरस्कृत भएका थिए भने मेवालालका फिरोज अन्सारी उत्कृष्ट ब्याटर र वागेश्वरीका अनुराग वली तथा तक्षशिलाका युवराज शर्मा संयुक्त प्रतिभावान खेलाडी घोषित भए । समापन कार्यक्रममा प्रतियोगिता अवधिभर सहयोग पु¥याउँदै आएका विभिन्न संघसंस्था तथा बयक्तिहरुलाई समेत सम्मान गरीएको आयोजक मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया