एजेन्सी । एउटी महिलाले कतिवटा पुरुषसँग सेक्स गर्न सक्छिन् ? इटालीकी २७ वर्षे पाओला साउलिनो नामक मोडलले १ करोड ९४ लाखसँग शारिरिक सम्बन्ध स्थापित गर्ने बाचा गरेपनि अहिलेसम्म ४ सय जनासँग सम्बन्ध राखिसकेको र थाकेको भन्दै अब १० लाख मानिससँग भने सेक्स गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

इटालीको जनमत संग्रहविरुद्ध भोट गर्ने सबैलाई धन्यवाद दिन उनले ‘पोम्पा टुर’ नामक यात्रा नै तय गरिन् । उनले यसको पहिलो लेग पार गरेको बताएकी छिन् । इटालीमा पोम्पाको अर्थ पम्प हुन्छ । यो शब्दलाई उनले यौनसम्बन्धसँग जोडेकी छिन् । हट मोडल पाओलाले यो अचम्मको घोषणा इटालीका पूर्व प्रधानमन्त्री मातिवो रेन्जीको संवैधानिक सुधारको अवधारणापश्चात् राखेको बताइन्छ ।

न्यापोलिमा जन्मिएकी र लस एन्जलसमा बस्ने पाओलाले अपरिचितसँग यौनसम्बन्ध स्थापित गर्ने अनुरोधमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘तनाव र थकान भन्ने उत्तर दिएकी छिन् । उनीसँगको सेक्समा पाओलाले डेली स्टारलाई भनिन्, ‘पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमाभनी उनी स्वयमले निर्णय गर्ने गरेको बताइन् । यी मोडलका अनुसार उनले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दाबी गरेकी छिन् ।

तपाईको प्रतिक्रिया