ताजा खबर:- डन्डीफोर एक जिद्दी समस्या हुनसक्छ । तर कहिले-काहिँ यसबाट छुटकारा पाउनका लागि घरको भान्सामै उपलब्ध मसला पनि उपयोगी हुनसक्छ । यहाँ चर्चा गरिएको यी ४ मसला जसको मद्दतले डन्डीफोरको समस्याबाट आराम दिलाउँछ। ध्यान राख्नुपर्ने कुरा चाँही यो छ कि बढीजसो मसलाको कारण पोल्ने समस्या हुनसक्छ । यसकारण यिनलाई त्वचा प्रत्यक्ष रूपमा लगाउनु हुँदैन ।

बेसार-मह

इन्फेक्शनदेखि त्वचाको समस्याहरूमा कमी, हरेक चीजको लागि बेसार एक राम्रो उपाय हुनसक्छ । अम्बा या कस्तुरी बेसारलाई मह वा २ चम्मच बेसनको साथमा मिलाएर २० मिनेट सम्म आफ्नो अनुहारमा लगाउनुहोस् ।

जायफल-मुल्तानी माटो(Fuller’s earth)

जायफल एक मिठो स्वादवाला मसला हो, जसको उपयोग मिठाई र सब्जीको स्वाद बढाउनको लागि हुन्छ । पानीमा जायफललाई भिजाएर राख्नुहोस् र यसलाई पिसेर मुल्तानी माटोमा मिलाएर अनुहारमा लगाउनुहोस् । जायफलको प्रयोगले डन्डीफोरको कारण हुने दागबाट छुटकारा मिल्नसक्छ ।

दालचिनी-मह

थोरै महको साथमा दालचिनी पाउडर मिलाएर घाउमा लगाउनुहोस् । दालचिनीको प्रयोगले पोल्ने समस्या सनसनी उत्पन्न गर्न सक्छ । यसकारण यसलाई अनुहार लगाउनु अघि महको साथमा अवश्य मिलाउनुहोस् ।

ल्वांग-मुल्तानी माटो

परम्परागत रूपले यस पेस्टको उपयोग घाउ र दाग-धब्बालाई सफा गर्नका लागि प्रयोग गरिन्छ । तर यो डन्डीफोरको उपचारको लागि एक प्रभावकारी उपाय सावित हुनसक्छ । एक ल्वांग पानीमा भिजाउनुहोस् र थोरै पानीको साथमा यसलाई घस्नुहोस् । अब यस पेस्टलाई एक चम्मच मुल्तानी माटोमा मिलाएर आफ्नो अनुहारमा लगाउनुहोस् ।

तपाईको प्रतिक्रिया