ताजा खबर:- जहाँ तपाईको अनुवांशिक या जेनेटिक्स त्वचाको प्रकृति निर्धारित गर्छ, त्यही केही अन्य कारण पनि छन्, जो तपाईको त्वचामा तेल उत्पादनमा वृद्धि गर्न सक्छ । यसकारण यदि तपाईको अनुहारमा अचानक निकै अधिक चिल्लोपन देखिन्छ भने चिकित्सकका अनुसार, यसको कारण यी पनि हुनसक्छ ।

पिरियड्स- यो अवस्था अनुहारमा डन्डीफोर निस्कने एक प्रमुख कारण हुनसक्छ । हरेक महिना जब तपाईको शरीर हार्मोनको उत्पादनको नियमित चक्रबाट गुज्रिन्छ भने हर्मोनल स्तरमा तल-माथिको कारण तपाईको तेल ग्रन्थीलाई उत्तेजित गर्न सक्छ र त्वचा ओयली बन्न सक्छ ।

तनाव- शारीरिक र भावनात्मक तनावको कारण तपाईको तेल ग्रन्थी द्वारा तेलको उत्पादनमा वृद्धि हुनसक्छ । यसकारण योग र ध्यान गर्नुहोस् । यसबाट तनावलाई नियन्त्रित गर्न मद्दत मिल्छ र त्वचा ओयली हुनबाट बचाउँछ ।

यौवन- प्यूबर्टिको अवधिमा अस्थिर हार्मोनको कारण एण्ड्रोजनको स्तरमा वृद्धि हुनसक्छ, जसले तपाईको त्वचालाई ओयली बनाउन सक्छ । एण्ड्रोजन स्तर बढ्दा त्वचालाई ओयली या सिबेशस(sebaceous) ग्रन्थीलाई परिपक्कताको संकेत दिन्छ र जसरी ग्रन्थी परिपक्क हुँदै जान्छ, त्वचा ओयली बन्न थाल्छ ।

मौसम- हुनत: तपाईको पसिना बनाउने ग्रन्थीको गतिविधि मौसमको कारणले निकै बढी परिवर्तन हुँदैन तर गर्मी र अधिक आन्द्र मौसममा अनुहारमा अधिक चिल्लोपन देखिन सक्छ ।

मेकअप- मेकअप अनुहारको चिल्लोपन र डन्डीफोरलाई ढाक्ने एक राम्रो तरिका हुनसक्छ । तर यसको साथै अधिक मेकअप तपाईको त्वचालाई ओयली बनाउन सक्छ । कस्मेटिक उत्पादन खरिद गर्ने क्रममा ओयल-फ्री र नन-कोमेडोजेनिक मेकअप मात्र छान्नुहोस् ।

तपाईको प्रतिक्रिया