१-डन्डीफोरको समस्या हुँदैन

सिरानी नलगाएर सुत्दा अनुहारमा डन्डीफोर हुने सम्भावना कम हुन्छ । किनकी जब हामी सिरानीको प्रयोग गर्छौँ तब हाम्रो अनुहारमा सिरानीमा रहेको धुलोको कारण डन्डीफोर हुनसक्छ ।

२-चाउरीपनको समस्या हुँदैन

सिरानीको प्रयोग गर्नाले चाउरीपनको समस्या अझ चाँडो बढ्छ किनकी यसो गर्दा अनुहारमा दवाव पर्छ । जो मानिसले सिरानीको प्रयोग गर्दैनन्, उनीहरूलाई यो समस्या हुँदैन ।

३-ढाडमा दुखाई हुँदैन

जब हामी सिरानीको प्रयोग गर्छौँ तब ढाडको हड्डीको स्थिति परिवर्तन हुनुको कारण ढाडमा दुखाई महसूस हुनथाल्छ । यसकारण सिरानी नलगाएर सुत्दा हाम्रो घाँटी स्पाइनको दिशामा रहन्छ, जसको कारणले घाँटी र ढाडमा दुखाई महसूस हुँदैन ।

४-घाँटीमा दुखाई महसूस हुँदैन

सिरानीको प्रयोगले हाम्रो घाँटीमा दुखाई रहन्छ र विशेषगरि बिहानको समय जब हामी उठ्छौँ भने यो दुखाई बढी हुन्छ किनकी सिरानीको प्रयोगले शरीरको नर्भ ड्यामेज हुनसक्छ, जसबाट दुखाई रहिरहन्छ ।

५-जवान देखाउँछ

सिरानी लगाएर सुत्दा हामीलाई राम्रो निन्द्रा लाग्दैन, जसबाट थकित महसूस हुन्छ । सिरानीको प्रयोग नगर्दा हामीलाई राम्रो निन्द्रा लाग्छ, जसको कारणले त्वचा ताजा रहन्छ र सधैँ जवान देखिन्छ ।

६-हड्डी एक सिधा रहन्छ

सिरानी बिना सुत्ने बानीले हाम्रो हड्डी सिधा रहन्छ, जसबाट हामीलाई कुनै दुखाई महसूस हुँदैन र स्वस्थ रहन्छौँ ।

७-तनाव हट्छ

जब हामी सिरानीको प्रयोग गर्दैनौँ तब हामीलाई राम्रो निन्द्रा लाग्छ र हाम्रो सम्पूर्ण थकान हट्छ, जसबाट तनाव हुँदैन र फ्रेश महसूस हुन्छ ।

८-अनिन्द्राको समस्या हट्छ

सिरानी बिना सुत्ने बानीले अनिन्द्राको समस्या हुँदैन र एक राम्रो निन्द्रा ल्याउँछ, जसबाट दिनभर आराम महसूस हुन्छ ।

९-ढाड र घाँटीमा दुखाई हुँदैन

सिरानी बिना सुत्ने बानीले हाम्रो घाँटी स्पाइनको सिधा रहन्छ र घाँटीमा स्ट्रेस पर्दैन, जसबाट ढाड र घाँटीमा दुखाई महसूस हुँदैन ।

ताजा खबर:- 

तपाईको प्रतिक्रिया