ताजा खबर:- जिम जाने र फिटनेसप्रति सतर्क रहने मानिसहरूले अण्डाको पहेँलो भाग(egg yolk) निकाल्ने गर्दछन् । कयौँ फिटनेस ट्रेनरले पनि केवल अण्डाको सेतो भाग खाने सल्लाह दिने गरिन्छ । पहेंलो भागमा अण्डाको सेतो भागमा भन्दा अधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । यो विशेषगरि स्वास्थ्यको लागी बढि फाइदाजनक मानिन्छ । यसकारण यहाँ अण्डाको सेतो भाग खानुको केही फाइदा बारे उल्लेख गरिएको छ ।

फ्याटलाई एनर्जीमा परिवर्तन गर्छ:- अण्डाको पहेँलो भागमा विभिन्न पोषक तत्व पाईन्छ । यसमा रहेको भिटामिन डी ले हड्डीलाई मजबूत बनाउँछ । शरीरको रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । यसको साथै यसमा पाईने बायोटिन स्किनलाई मुलायम बनाउँछ । यसमा पाईने फ्याटले तपाईलाई एनर्जी प्रदान गर्छ र यसमा भिटामिन ए, डी, बी-12 र जिंक पनि हुन्छ ।

अण्डामा राम्रो कोलेस्ट्रोल हुन्छ:- अण्डाको पहेँलो भागमा लगभग २०० मिलीग्राम कोलेस्ट्रोल हुन्छ । तर यस कोलेस्ट्रोलको शरीरको ब्लड कोलेस्ट्रोलसँग कुनै पनि सम्बन्ध हुँदैन । योल्कमा पाईने कोलेस्ट्रोल हाम्रो हाई डेन्सिटी लिपिड्सलाई बढाउँछ अर्थात् यो गुड कोलेस्ट्रोल हुन्छ । अण्डामा पाईने प्रोटीनको पाचन प्रक्रिया अन्य प्रोटीनको तुलना थोरै ढिलो हुन्छ । यसकारण अण्डा खाइसकेपछि लामो समयसम्म पेट भरिएको महसूस हुन्छ । यस्तो अवस्थामा व्यक्तिमा डाइट कम हुन्छ ।

आँखाको रोशनी बढ्छ:- अण्डाको पहेँलो भागमा अनसेचुरेटेड फ्याट पाईन्छ, जो कि मुटु रोगिको लागि राम्रो हुनेगर्छ। वास्तवमा अनसेचुरेटेड फ्याट, ब्लड सुगर लेभल र कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । यसको साथै यसको सेवनले आँखाको रोशनी बढ्छ । फोलिक एसिड एवम् भिटामिन बी12 स्तन क्यान्सरबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया