मुम्बई । एजेन्सी– लन्डनमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान पनि अब फिल्ममा आउने भएका छन् । उनी नायकका रूपमा फिल्म ‘धुम–४’मा देखीने भएका हुन्। फिल्म निर्माणमा आफ्ना बुबा शाहरूख खानलाई सघाउँदै आएका उनले केही सर्ट फिल्मको सहनिर्देशन पनि गरिसकेको बताइन्छ ।

केही महिनामा आफ्नो पढाइ सकेर आर्यन मुम्बई फर्कने र त्यसपछि धुम–४ बाट बलिउडमा डेब्यु गर्ने बताइएको छ । अहिले धुम–४ को स्क्रिप्टको काम हुँदै छ ।

यसका लागि यशराज फिल्म्सले शाहरूखसँग अनुमति पनि लिइसकेको छ । फिल्ममा अघिल्ला सिक्वेलका केही कलाकार यसमा देखिने बताइएको छ । यसै वर्ष फिल्म धुम–४ को निर्माण हुने निर्माता उदय चोपडाले बताएका छन् ।

तपाईको प्रतिक्रिया