ताजा खबर:- हामी स्वस्थ शरीरका लागि विभिन्न चीजको सेवन गर्दछौँ तर के हामी त्यसमा जोडिएको नियमको पालना गर्छौँ? यदि होइन भने यसमा सावधान रहन आवश्यक हुन्छ । केही चीजको यस्ता छन्, जसको सेवन खालीपेट गर्दा स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जान्नुहोस्, ती कुन-कुन चीज हुन्, जसको सेवन खालीपेट गर्नुहुँदैन ।

१-सोडा

सोडामा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि यसलाई खाली पेट सेवन गरेमा उल्टी वा उल्टी आउने जस्तो मन हुनसक्छ र साथै असहज महसूस हुनसक्छ । यसकारण यसको प्रयोग खाली पेट गर्नुहुँदैन ।

२-टमाटर

टमाटरमा एसिड पाईन्छ, जसको कारणले यसलाई खाली पेट सेवन गर्दा शरीरमा रासायनिक क्रिया हुनसक्छ, जसले पेटमा अघुलनशील जेल निर्माण गर्छ । यहि जेल पेटमा स्टोन बन्ने कारण बन्छ ।

३-औषधि

प्रायजसो चिकित्सकको सल्लाह अनुसार, खाली पेट औषधि सेवन गर्न नमिल्ने कुरा बताउँछन् । खाली पेट औषधि खाँदा पेटमा एसिडको साथै शरीरमा असन्तुलन उत्पन्न हुनसक्छ ।

४-जाँडरक्सी

खाली पेट जाँडरक्सीको सेवन गर्दा अझ बढी हानिकारक हुन्छ । यसो गर्दा पेट पोल्नुको साथै अपच र पेट सम्बन्धि अन्य समस्याहरू उत्पन्न हुनसक्छ । यसकारण रक्सीको सेवनले खाली पेट गर्नुहुँदैन ।

५-मसालेदार

कहिलै पनि खाली पेट कुनै पनि प्रकारको अधिक खट्टो-पिरो भोजन सेवन गर्नुहुँदैन । यसमा नेचुरल एसिड हुन्छ, जसले पाचन प्रणालीलाई असन्तुलित बनाउन सक्छ । कयौँ पटक पेट मोडिने जस्ता समस्या पनि हुनसक्छ ।

६-कफी

खाली पेट कफीको सेवन सबैभन्दा अधिक घातक हुन्छ । यसमा क्याफिन हुन्छ, जसलाई खाली पेट सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । खानको लागि केही छैन भने एक गिलास पनि पिउनुहोस् ।

७-चिया

जुन प्रकार कफी पिउनु उचित हुँदैन, त्यसैगरि खाली पेट चिया पनि पिउनुहुँदैन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेटमा दुखाई उत्पन्न हुनसक्छ ।

८-दही

दही स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ तर खाली पेट यसको सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खाली पेट दही सेवन गर्नु पेट मोडिने एवम् दुख्ने जस्ता समस्याको लागि जिम्मेवार हुनसक्छ ।

९-केरा

खाली पेट केरा खाँदा शरीरमा म्याग्नेशियमको मात्रा निकै बढ्न सक्छ, जसको कारणले शरीरमा क्याल्शियम र म्याग्नेशियमको मात्रा असन्तुलन हुन्छ । यसकारण बिहान खाली पेट केरा खानुहुँदैन ।

१०-शकरखण्ड

शकरखण्डमा टेनिन र पैक्टिन हुन्छ, जसलाई खाली पेट खाँदा ग्यास्ट्रिक एसिडको समस्या हुन्छ । यसको कारण छाती पोल्ने समस्या पनि महसूस हुनसक्छ ।

तपाईको प्रतिक्रिया