ताजा खबर:- पपकर्न एक यस्तो चीज हो, जो सजिलै जहाँपनि उपलब्ध हुन्छ । यो खानमा निकै स्वादिष्ट हुन्छ र साथै स्वास्थ्य सम्बन्धि पनि निकै स्वस्थ हुन्छ । बाहिरको तुलनामा यदि तपाई घरमै पपकर्न तयार गर्नुहुन्छ भने बढी हेल्दी हुनसक्छ । पपकर्नमा बढी तेल या घीउको प्रयोग गर्नुहुँदैन । पपकर्नमा लसुन र कालो मरिचको पाउडर मिलाएर खाँदा मुटुको स्वास्थ्यलाई बढी सक्रिय राख्छ । पपकर्नमा प्रशस्त मात्रामा फाइबर, पोलीफेनोलिक कम्पाउण्ड, एन्टीअक्सीडेन्ट, भिटामिन बी कम्पलेक्स, मैंगनीज र म्याग्नेशियम जस्ता प्रभावकारी चीज हुन्छ । यदि तपाईले पनि आजका दिनसम्म पपकर्न खानु भएको छैन भने अब यसको सेवन गर्न नभुल्नुहोस् किनकी यसबाट स्वास्थ्यलाई निकै फाइदा हुन्छ ।

१-कोलेस्ट्रोल कम गर्नुहोस्

पपकर्नमा प्रशस्त फाइबर हुन्छ, जसले अत्यधिक कोलेस्ट्रोललाई कम गरी रगतको धमनीलाई चौडा बनाउँछ । यसबाट हर्ट अट्याकको आशंका कम हुन्छ र स्ट्रोक हुँदैन ।

२-पाचनको लागि

पपकर्न एक साबुत अनाज हो, जसमा चोकरको सबै गुण पाईन्छ । यसलाई खाँदा पाचन क्रिया दुरुस्त रहन्छ र कब्जियत जस्ता समस्या हुँदैन ।

३-क्यान्सरबाट जोगाउँछ

पपकर्नको भित्र प्रयाप्त मात्रामा पोलीफेनोलिक यौगिक हुन्छ, जो सबैभन्दा बढी शक्तिशाली एन्टीअक्सीडेन्ट हो, जसको शरीरलाई आवश्यकता हुन्छ । एन्टीअक्सीडेन्टले क्यान्सर उत्पन्न गर्ने फ्री रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

४-बढ्दो उमेरको समस्यालाई रोक्छ

पपकर्नको सेवनले बढ्दो उमेरको कारण उत्पन्न हुने चाउरीपना, एज स्पोट, अन्धोपन, मांसपेशीमा कमजोरी र कपाल झर्ने समस्या आदिलाई कम गर्छ ।

५-मोटोपन घटाउन

१ कप पपकर्नमा केवल ३० क्यालोरीज प्राप्त हुन्छ, जो आलूको चिप्स समान मात्रा भन्दा ५ गुणा कम हुन्छ । यसकारण यदि तपाईलाई भोक लागेमा केवल पपकर्न नै खानुहोस् । पपकर्नमा संतृप्त वोसो निकै कम हुन्छ र यसको तेल शरीरको लागि निकै आवश्यक पनि हुन्छ ।

६-बलियो हड्डीको लागि

पपकर्नमा मैंगनीज निकै बढी मात्रामा पाईन्छ, जसले हड्डीलाई बलियो बनाउन निकै मद्दत गर्छ । यसले पछि गएर ओस्टियोपोरोसिस(osteoporosis), अर्थराइटिस(arthritis) र ओस्टियोअर्थराइटिस(osteoarthritis) हुनबाट बचाउँछ ।

७-यसमा प्रशस्त आइरन हुन्छ

USDA को अनुसार २८ ग्राम पपकर्नमा लगभग ०.९ mg आइरनको मात्रा हुन्छ । एक वयस्क पुरुषलाई प्रतिदिन ८ एम जी आइरन र एक वयस्क महिलालाई प्रतिदिन १८ एम जी आइरनको आवश्यक हुन्छ । यसकारण तपाईलाई यदि आइरन चाहिएमा आइरनको क्याप्सुलको साटो पपकर्न खानुहोस् ।

८-मधुमेह रोगीको लागि

पपकर्नमा फाइबर हुन्छ, जसले शरीरको भित्र सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा प्रशस्त फाइबर हुन्छ भने ब्लड सुगर र इन्सुलिनको स्तर नियमित गर्छ । यसकारण मधुमेह रोगीहरूलाई पपकर्न खाने सल्लाह दिने गरिन्छ ।

तपाईको प्रतिक्रिया