ताजा खबर:- फंगल इन्फेक्शन(fungal infections) हुने सम्भावना ती मानिसलाई बढी हुन्छ, जसले सार्वजनिक साधन र स्थलको बढी प्रयोग गर्छन् र भिडले भरिएको स्थानमा रहन्छन् । यस्तो अवस्थामा फंगल संक्रमण अधिक सामान्य हुन्छ, किनकि यो संक्रमण संक्रामक हो । अन्डर आर्म, महिलाको कम्मर र पुरुषको ग्रोइन(groins) एरियामा चिस्यान र गर्मीको कारण जाडो र गर्मीमा फंगल इन्फेक्शन हुनु सामान्य हो । तर तपाईलाई इन्फेक्शन भैसकेको छ भने के गर्नुपर्दछ र यसको उपचार कसरी गर्नुपर्दछ? यसकारण चिकित्सक अनुसार केही यस्ता उपाय छन्, जसलाई ध्यान राखी फंगल इन्फेक्शनबाट बँच्न सकिन्छ ।

यसो गर्नुहोस्,

-आफ्नो हातलाई सफा राख्नुहोस् । सरसफाईले फंगल इन्फेक्शनलाई रोक्न महत्वपूर्ण भूमिका निभाउँछ । यदि तपाईको अफिसमा हात धुनको लागि साबुन छैन भने तपाईले ह्यान्ड वाशको प्रयोग गर्न सक्नुहुन्छ ।

-शरीरमा एन्टी-फंगल पाउडर लगाउनुहोस् । यसबाट इन्फेक्शनको उपचारमा मद्दत हुनसक्छ र दुखाई र चिलाउने समस्या शान्त गर्न मद्दत मिल्न सक्छ । यदि तपाईलाई डायबिटीज छ भने तपाईलाई विशेष हेरचाहको आवश्यकता पर्छ किनकी डायबिटीजको अवस्थामा अनियन्त्रित ब्लड सुगरको स्तरको कारणले फंगल इन्फेक्शन हुने सम्भावना अधिक हुन्छ ।

-घरमा प्राकृतिक तरिकाले फंगल इन्फेक्शनको उपचार गर्नुहोस् । हुनत: अधिकांश मानिस घरेलू उपचारको लागि विकल्प छान्ने कोशिश गर्छन् । यदि एन्टी-फंगल पाउडर, घरेलू उपचार र सरसफाईमा विशेष ध्यान राख्दा पनि तपाईको स्थितिमा सुधार आएको छैन भने कुनै डर्मटालजिस्टसँग एकपटक सल्लाह लिनुहोस् ।

-उचित हेरचाह नगर्दा फंगल संक्रमण फेरि हुनसक्छ । यसकारण परिवार या अफिसमा तपाईको सम्पर्कमा आएका चीजलाई सफा राख्नुहोस् । तपाईको बाथरूमको सफाई, डिसिन्फेक्टन्ट या कीटनाशकले आफ्नो कपडा धुनुहोस् र हात धुनको लागि सेनिटाइजरको उपयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया