पोखराको अमरसिंह चौरमा आजदेखि आठौ संस्करणको पोखरा महोत्सव सम्पन्न भयो । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सव माघ ८ गते सम्म सञ्चालन संचालन भएको थियो । युवाकोे जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ युनाइटेड क्लवले महोत्सवको आयोजना गरी स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र सौर्यबत्ती जडानमा खर्च गर्दै आइरहेको छ ।

त्यसैगरी महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारहरु बद्री पंगेनी , प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपत्ति शर्मा , कोमल वली, राम्जी खांड, राधिका हमाल, प्रिती आले, जुना श्रीष मगर, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ,कृष्णा गुरुङ, मिलन लामासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो .। त्यसैगरी महोत्सवमा चार नम्बर प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, बाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती, लगायत विभिन्न मनोरन्जनात्मक गतिविधी सञ्चालन भएको थियो ।

यसै गरी नेपाली कला र नेपाली लोक दोहोरिलाई आफ्नो गित मार्फत योगदान गरेबापत चर्चित गित ‘गाउ शहरमा लमजुङ दरबारका गायिका माया गुरुङ र उमा गुरुङ लाई सम्मान गरेको छ.सम्मानित गायिका माया गुरुङ र उमा गुरुङले उक्त गित पहिलो पटक महोत्सबमा प्रस्तुत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया