काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह सासंद बन्न सम्भव छ ? दरबार र पूर्वराज निकट मानिएको राप्रपा विभिन्न चिरामा विभाजित भएपछिको समयमा पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रियसभामा प्रवेश गर्नका लागि दौडधुप थालेको स्रोतको बुझाई छ ।

मुलुकको वर्तमान अवस्थामा देशमा राजतन्त्र फर्कन गारो बन्दै गएको निष्कर्ष निकाल्दै यही व्यवस्थामा सहभागी भएर आफ्ना एजेण्डालाई जनतासम्म लिनु पर्ने सुझाव पूर्व राजा ज्ञानेन्द्रलाई पनि दिइरहेका बेला हिमानीले बैंककमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोही विषयमा छलफल गरेको स्रोतको भनाई छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा हिमानीको नाम पनि समावेश गर्न पूर्व दरवारीयाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरिरहेको बुझिएको छ । यद्यपी शीर्ष दलहरुले यस विषयमा अहिलेसम्म मुख फोरेका छैनन् ।

तपाईको प्रतिक्रिया