एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुरले अब नायक रणवीर सिंहसँग रोमान्स गर्ने भएकी छन् । भारतिय संचारमाध्यमका अनुसार जान्हवी रणवीर सिंहसँग नयाँ फिल्म ‘सिम्बा’मा रोमान्स गर्ने भएकी हुन् ।उनी यतिबेला भने फिल्म धडक’को सुटिङमा व्यस्त रहेकी छन् ।

आमा श्रीदेवीको पूर्ण सल्लाह लिएर मात्र फिल्ममा काम गर्ने २० वर्षीया जान्हवीलाई एक पछि अर्को फिल्ममा व्यस्त बन्दै गइरहेकी छन् ।रोहित शेट्टीले निर्देशन गर्ने सिम्बाको स्क्रिप्ट सशक्त लागेकै कारण आफु यस्मा काम गर्न उत्साहित भएको जान्हवीले बताएकी छन् रदक्षिण भारतीय सफल फिल्म टेम्परलाई रिमेक गरेर सिम्बा निर्माण गर्न लागिएको हो । टेम्परमा एन टी रामाराव जुनियर र काजल अग्रवालले अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया