एजेन्सी- बाहुबलिकी चर्चित नायिका तमन्ना भाटिया माथि जुत्ता प्रहार भएको छ । खबर अनुसार उनी माथि हैदरावादको एक कार्यक्रममा अन्जान ब्यक्तिले जुत्ता प्रहार गरेको बताइएको छ ।भारतीय प्रहरिका अनुसार “करीमुल्लाह ले नायिका तमन्नालाई जुत्ताले हानेका हुन् ।

ति ब्यक्तिलाई तुरुन्तै हिरासत मा लिनेछौ ।” ति जुत्ता प्रहार गर्ने ब्यक्ती भन्छन् “अभिनेत्रिको हालको चलचित्रको भूमिका प्रती म रुष्ट छु । त्यसैले जुत्ता प्रहार गरेको हुँ । ” बाहुबलिमा अभिनय गरे पछि चर्चामा आएकी तमन्ना बलिउड बाहेक तेलुगू र तमिल चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया