नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडमा राखीएका डिभाइडर व्यवस्थित गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा बसेको यस अघिको सर्वदलीय – सर्वपक्षिय वैठकले गरेको निर्णयानुसार आईतबार रातीदेखि डिभाईडर उठाउन शुरु गरिएको हो । अत्यन्तै ग¥हुङ्गा ति डिभाईडर हटाउन दिउसो सम्भव नभएपछि क्रेनमार्फत राती उठाइन लागिएको हो ।

 यात्रु आवागमन र सुरक्षाका लागि राखीएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने , पार्किङ गरेर आवागमनमा थप समस्या निम्तीएपछि डिभाईडर उठाउन शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

राझाचौकदेखि गणेशमान चौकसम्मका तीन सय २५ डिभाईडर उठाइन लागिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले जनकारी दिनु भयो । सूचना अधिकारी पौडेलका अनुसार उठाइएका कतिपय डिभाईडर ग्रीन वेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखीनेछ । क्रसिङ क्षेत्र धेरै भएकाकारण यात्रुहरुले जथाभावी वाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकीङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाईडर राख्न थालीएको जिलला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिनु भयो । सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको छ ।

नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल शुरु गरिसकिएको उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले जानकारी दिनु भयो । सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिदैछ । सुर्खेत रोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको प्रमुख राणाले जनाउनु भयो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामुलक बोर्ड लगायतका कामहरु अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया