काठमाडौं, माघ १५ – भारतीय आई–लिग क्लब मोहन बगानमा आवद्ध भएका नेपाली युवा स्ट्राइकर विमल घर्तिमगर कोलकत्ता पुगेका छन् ।

मोहन बगान फुटबल क्लवबाट फुटबल खेल्ने पक्का भएपछि उनी आज कोलकाताका गएका हुन । विमलले सोमबार टिमका खेलाडी तथा पदाधिकारीलाई भेट्नेछन् ।

हाइटीका खेलाडी नोर्दे घाइते भएपछि उनलाई मोहन बगानले अनुबन्ध गरेको हो । विमललाई सोनी नोर्देको स्थानमा अनुबन्ध गरिएको हो ।

तपाईको प्रतिक्रिया