खोटाङ, माघ १५ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेकी रुपाकोट–मझुवागढी नगरपालिका–१० पाथेकाकी ८ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।

गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबर्जस्ती करणी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

उनीविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत् मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् । बाबुआमाविहीन जीउधनले यसअघि पनि गाउँमा जाँड–रक्सी खाएर अर्काको बिगार गर्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया