काठमाडौं । नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइपिएल क्रिकेटमा छनोट भए लगत्तै नेपाली क्रिकेटका चचिृत खेलाडीहरुले उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ ।

यसैबिच नेपाली बलर सन्दीप लामिछानेलाई अर्का चर्चित क्रिकेटर शरद भेषावकरले शब्दमा बधाई मात्रै दिएनन् । शरदले सन्दीपको खुशी भएको पल समेत भिडियोमा समेत बधाई तथा शुभकामना दिएका छन् ।

भिडियोमा सन्दीप होटलको कोठामा हातमा स्माइलीसहितको क्रिकेट बल बोकेका छन् भने शरदले सोधेका प्रश्नहरुको हाँसी हाँसी सन्दीले जवाफ दिएका छन् ।

तपाईको प्रतिक्रिया