एजेन्सी – बलिउडमा एकै परिवारका धेरै सदस्यको सक्रियता देखिन्छ । फिल्म निर्माण, निर्देशन तथा अभिनयमा एउटै परिवारका धेरै सदस्यले आफ्नो नाम चम्काएका छन् । बलिउडमा कतिपय यस्ता दाजुभाइ, दिदीबहिनी, दाजुबहिनी तथा दिदीभाइ छन् कि उनीहरू एक–अर्काको उमेरबीच निकै अन्तर छ । तीमध्ये कोही सौतेनी सम्बन्धका छन् त कोही एकै कोखका सन्तान छन् । भारतीय अनलाइनले बलिउडका केही सन्तति, जसको उमेरबीच निकै वर्षको अन्तर छ, त्यसबारे एउटा रिपोर्ट तयार गरेको छ :

सैफअली–सोहाअली खान–८ वर्ष दाजुबहिनी सैफअली र सोहाअलीबीच ८ वर्षको अन्तर छ । सैफ सन् १९७० अगस्त १६ मा जन्मिएका हुन् भने उनकी बहिनी सोहाअली सन् १९७८ मा जन्मिएकी हुन् । सैफ र सोहाका बाबुआमा मंसुरअली खान पटौदी र शर्मिला टैगोर हुन् ।

पूजा–आलिया भट्ट–२१ वर्ष पूजा र आलिया भट्ट सौतेनी दिदीबहिनी हुन् । पूजा महेश भट्ट र उनकी पहिली पत्नी किरण भट्टकी छोरी हुन् भने आलिया महेशकी कान्छी पत्नी सोनी राजदानबाट जन्मिएकी हुन् । पूजा र आलियाबीच २१ वर्षको अन्तर छ । पूजा सन् १९७२ फेब्रुअरी २४ मा जन्मिएकी हुन् भने आलिया सन् १९९३ मार्च १५ मा जन्मिएकी हुन् ।

सारा खान–तैमुर–२३ वर्ष अभिनेता सैफअली खानकी छोरी साराअली खान अहिले २४ वर्षकी भइन् । उनका भाइ तैमुर जम्मा १ वर्षका भए । सारा सैफ र अमृता सिंहकी छोरी हुन् । तैमुर भने सैफ र करिना कपुरका छोरा हुन् । साराके जन्म सन् १९९३ मा भएको हो भने तैमुर सन् २०१६ मा जन्मिएका हुन् । अमृतासँग सम्बन्धविच्छेद गरेको लामो समयपछि सैफले करिनासँग बिहे गरेका हुन् ।

सलमान–अर्पिता खान–२४ वर्ष सलमान खान र अर्पित खान शर्माबीच झन्डै २४ वर्षको अन्तर छ । सलमान सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका हुन् भने अर्पिता सन् १९८९ अगस्त १ मा जन्मिएकी हुन् । सलमान बहिनी अर्पितालाई निकै माया गर्छन् । खासमा अर्पिता सलमानका बाबु सलिम खानकी धर्मपुत्री हुन् ।

आर्यन–अबराम खान–१६ वर्ष अभिनेता साहरुख खानका जेठा छोरा आर्यन २० वर्षका भए । अनि कान्छा छोरा अबराम भने ४ वर्ष पुगेका छन् । आर्यन सन् १९९७ को नोभेम्बर १३ मा जन्मिएका हुन् भने अबराम २०१३ को २७ मेमा जन्मिएका हुन् । साहरुखकी १७ वर्षकी एउटी छोरी सुहाना पनि छिन् ।

त्रिशाला–इकरा–साहरान–२३ वर्ष सञ्जय दत्तकी छोरी त्रिशाला २९ वर्षकी भइन् । त्रिशाला सञ्जयकी पहिली पत्नी ऋचा शर्माकी छोरी हुन् । इकरा र साहरान भने सञ्जयकी तेस्री पत्नी मान्यतातर्फका जुम्ल्याहा सन्तान हुन् । इकरा र साहरानको जन्म सन् २०१० अक्टोबर २१ मा भएको थियो । त्रिशालाले इकरा र साहरानलाई आफ्नै भाइबहिनीका रूपमा माया गर्ने गर्दछिन् ।

सनी–इशा देओल–२५ वर्ष सनी र इशा दाजुबहिनी हुन् । उनीहरूबीच उमेरमा २५ वर्षको अन्तर छ । सनी धर्मेन्द्र र उनकी पहिली पत्नी प्रकाश कौरका छोरा हुन् । इशा भने धर्मेन्द्रकी कान्छी पत्नी हेमा मालिनीकी छोरी हुन् । सनी ६१ वर्षका भए भने इशा पनि ३६ वर्षकी भइसकिन् ।नयाँ पत्रिकाले छापेको छ ।

जुनैद–आजाद खान–१८ वर्ष अभिनेता आमिर खानका छोराहरू जुनैद र आजादबीच १८ वर्षको अन्तर छ । जुनैद आमिरकी जेठी पत्नी रिनातर्फका छोरा हुन् । आजाद भने आमिर र उनकी कान्छी पत्नी किरण रावका छोरा हुन् । आजादको जन्म ५ डिसेम्बर २०११ मा भएको हो । आजाद भने सेरोगेसीबाट जन्मिएका हुन् ।

साहिद कपुर–इशान खट्टर–१४ वर्ष इशानले यही वर्ष ‘धडक’ फिल्मबाट बलिउडमा डेब्यु गरेका छन् । इशान अभिनेता साहिद कपुरका भाइ हुन् । साहिद र इशानबीच उमेरमा १४ वर्षको अन्तर छ । इशान साहिदकी आमा निलिमा अजिमका छोरा हुन् । निलिमाले पहिला ९सन् १९७५–८४० पंकज कपुरसँग बिहे गरेकी थिइन् । सन् १९८१ फेब्रुअरी २५ मा साहिद जन्मिए ।

पंकजसँग डिभोर्स गरेपछि निलिमाले सन् १९९० मा टिभी अभिनेता राजेश खट्टरसँग बिहे गरिन् । इशान सन् १९९५ नोभेम्बर १ मा जन्मिए । निलिमाको राजेशसँग पनि सन् २००१ मा डिभोर्स भयो । आमा एउटै भएकाले साहिदले इशानलाई भाइको रूपमा सहयोग गर्ने गरेको बताइन्छ ।

अर्जुन–जाह्नवी कपुर–१२ वर्ष अर्जुन कपुर र जाह्नवी कपुरबीच १२ वर्षको अन्तर छ । जाह्नवी श्रीदेवी र बोनी कपुरकी छोरी हुन् भने अर्जुन बोनीकी पहिली पत्नी मोना कपुरका छोरा हुन् । अर्जुनको जन्म सन् १९८५ जुन २६ मा भएको हो भने जाह्नवी सन् १९९७ मार्च ७ मा जन्मिएकी हुन् । यी दुवै दाजुबहिनी फिल्म अभिनयमा सक्रिय छन् ।

अनिल–सञ्जय कपुर–९ वर्ष अभिनेता अनिल कपुर र उनका भाइ सञ्जय कपुरबीच ९ वर्षको अन्तर छ । सुरिन्दर कपुर र निर्मल कपुरका छोरा अनिल र सञ्जय, दुवै फिल्म अभिनयमा सक्रिय छन् । अनिल ६१ वर्षका भए भने सञ्जयको उमेर ५२ वर्ष पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया