काठमाडौं : सन्दीप लामिछाने नेपालबाट पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने पक्का भएको छ । आइतबार भएको आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुयैयाँमा खरिद गरेपछि उनी आइपीएलको ११ औ संस्मरणमा खेल्ने पक्का भएको हो ।

उनलाई खरिद गरेको टीम दिल्ली डेयरडेभिल्सको कप्तानमा भरतका चर्चित क्रिकेटर गौतम गाम्भीर रहेका छन् । गत सालसम्म गम्भीर कोलकाता नाइट राइडर्सका कप्तान थिए । कोलकाताबाट उनले आईपीएलको उपाधि पनि जितिसकेका छन् ।

शनिबारको अक्सनमा गौतमलाई दिल्लीले २ करोड ८० लाखमा खरिद गरेको हो । दिल्लीको टिमका अन्य चर्चित क्रिकेटरमा अस्ट्रेलियाका ग्लेन म्याक्स्वेल, इंग्ल्याण्डका जोनसन रोय र दक्षिण अफ्रिकाका अल्राउण्डर क्रिस मोरिसलगायत रहेका छन् । दिल्लीको प्रशिक्षकमा अस्ट्रेलियाका चर्चित क्रिकेटर तथा पूर्वकप्ता रिकी पोन्टिङ रहेका छन् । लेग ब्रेक स्पिनर सन्दीपलाई दिल्ली किनेसँगै नेपाली खेलाडीको आईपीएल खेल्ने सपना पनि पुरा हुने भएको हो । यसअघि पूर्वकप्तान शक्ति गौचनले राजस्थान रोयल्समा ट्रायल दिएका थिए । तर उनले त्यो बेला आईपीएल खेल्ने सपना पुरा हुन सकेन ।

बैङलोरमा जारी अक्सनको दोस्रो दिन उनलाई दिल्लीले किनेपछि अब उनले भारतका चर्चित खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । १७ वर्षीय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले आफ्नो आधिकारिक ट्विट ह्यान्डलमा ट्वीट गर्दै भनेको छ, ‘पहिलो खेलाडीका रुपमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई टिममा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौँ ।’ अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सन्दीपले हङकङमा अस्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने अवसर पाएका थिए । सन्दीपको खेलबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियास्थित आफ्नो एकेडेमीमा प्रशिक्षण पनि दिए । सेप्टेम्बर २०१६ मा उनलाई क्लार्कले सिड्नीस्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्ने अवसर मिलाइदिएका थिए ।

आईपीएलको अक्सन सुचीमा सन्दीप पनि अटाएपछि क्लार्कले ट्विट गर्दै प्रतिभावान र राम्रो युवा खेलाडी भएकाले सन्दीपलाई खरिद गर्न आईपीएलका फ्रेन्चाइजिज टिमहरुलाई आग्रह गरेका थिए ।

दिल्ली डेयरडेभिल्सका चर्चित खेलाडीहरू गौतम गम्भीर, (ब्याट्सम्यान) भारत (कप्तान) ग्लेन म्याक्स्वेल, (अलराउण्डर), अस्ट्रेलिया जोनसन रोय, (ब्याट्सम्यान), इंग्ल्याण्ड क्रिस मोरिस, (बलर अलराउण्डर), दक्षिण अफ्रिका ट्रेन्ट बोल्ट, बलर न्युजल्याण्ड डेनियल क्रिस्टियन, (बलर अलराउण्डर), अस्ट्रेलिया कागिसो रबाडा, (बलर), दक्षिण अफ्रिका मोहम्मद सामी (बलर), भारत कोलिन मोन्ट्रो, (ब्याट्सम्यान), न्युजल्याण्ड नमन ओझा, ब्याट्सम्यान विकेटकिपर, भारत

तपाईको प्रतिक्रिया