काठमाडौँ, १५ माघ । केरुङ काठमडौं अन्रदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भईरहेको बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दैै चिनिया टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाईएको हो ।नागरिक दैनिकमा खबर छ ।

कात्तिक २४ गतेन काठमाडौंमा सम्पन्न नेपाल चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेईजिङमा बस्ने समझदारी भएको थियो । तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन ।

तपाईको प्रतिक्रिया