एमाले र माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री, सभामुख र उपसभामुख बाँडफाँड गरेका छन् । चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादीले मुख्यमन्त्री लिने गरी दुई दलबीच सहमति भएको छ । वाम कार्यदलको आइतबारको बैठकले पार्टी एकता संयोजन समितिलाई सुझाब प्रस्तुत गर्ने गरी प्रदेश सरकार र प्रदेश संसद् नेतृत्वको बाँडफाँड टुंगो लगाएको हो ।नयाँ पत्रिकाले छापेको छ ।

कार्यदलको सहमतिअनुसार एमालेले प्रदेश १, ३, ४ र ५ मा तथा माओवादी केन्द्रले ६ र ७ मा मुख्यमन्त्री पाउनेछ । त्यस्तै, १, ३, ६ र ७ मा एमालेले तथा ४ र ५ मा माओवादीले सभामुख लिने गरी सहमति भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए । उनका अनुसार एमाले सभामुख हुने प्रदेशमा माओवादी केन्द्रबाट उपसभामुख निर्वाचित हुनेछ ।

त्यस्तै, माओवादी सभामुख निर्वाचित हुने प्रदेशमा एमालेले उपसभामुख उम्मेदवार बनाउनेछ । ६ सदस्यीय कार्यदलको बैठकमा माओवादी नेता वर्षमान पुनबाहेकका नेताहरू सहभागी थिए । कार्यदलको ६ बुँदे पछिल्लो सहमतिलाई पार्टी एकता संयोजन समिति अनुमोदन गर्नेछ ।

तपाईको प्रतिक्रिया