काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट टीम दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।उनलाई इन्डियन प्रिमियर लिग अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाखमा खरिद गरेको हो । यस्तै नेपाली फुटबलर विमल घर्तिमगर पनि भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् ।

यसै बिच सन्दीप र विमललाई बधाई दिँदै कमल थापाले ट्वीट गरेका छन् । उनले दुवै खेलाडीलाई सफलताको शुभकामना दिँदै लेखेका छन् भारतको प्रसिद्ध क्लबहरु दिल्ली डेयरडेविल्स र मोहन बगानबाट क्रमश क्रिकेट र फुटबल खेल खेल्ने अवसर प्राप्त गरेका नेपालका लोकप्रिय खेलाडीहरु सन्दीप लामिछाने र विमल घर्तिमगरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।’

तपाईको प्रतिक्रिया