काठमाडौँ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई भारतको चर्चित क्लब दिल्ली डेयर डेभिल्सले किनेपछि उनी आईपीएल खेल्ने पहिलो नेपाली भएका छन् । नेपालबाट पहिलो पटक अक्सनमा परेका सन्दीप पहिलोपल्ट नै रोजाइमा परेका हुन् ।

इण्डियन प्रिमियर लिगको अक्सन लिस्टमा परेका नेपाली युवा क्रिकेटर लामिछाने अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो । अक्सनमा समावेश जम्मा ५७८ जना खेलाडीमा सन्दीप एसोसियट देशको तर्फबाट सूचीमा २७६ नम्बरमा थिए । शनिबार र आइतवार बैंगलोरमा भएको अक्सनमा आईपीएका टीमहरुले सन्दीपसहितका खेलाडीमाथि बोली लगाएको पहिलो दिन बिक्न नसकेका सन्दीपलाई दोस्रो दिन दिल्लीले किनेको हो । यससँगै सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली बनेका छन् ।

तपाईको प्रतिक्रिया