एजेन्सी- ७ दशकसम्म हिन्दी फिल्ममा योगदान दिएकी बलिउड गायिका आशा भोस्ले यश चोपडा मेमोरियल नेशनल अवार्डले सम्मानित हुने भएकी छन्।उनलाई ११ हजार गीत र २० भाषामा गीत गाएकी उनलाई रेडि फाउन्डेशनले उक्त अवार्ड प्रदार्न गर्न लागेको हो ।आशाले गिनिज वर्ल्ड रेकर्डमा कीर्तिमान समेत राखेकी छिन्।

फाउन्डेशनले भनेको छ, ‘आशा भोस्ले भारतीय सिनेमाकी एक प्रसिद्ध प्लेब्याक गायिका हुन्, जसले करीब एक हजार बलिउड फिल्ममा गीत भरेकी छन्।’यो अवार्ड जित्ने आशा पाचौं विजेता हुन्। यसअघि, गायिका लता मंगेस्कर, अमिताब बच्चन, रेखा र शाहरुख खानले उक्त अवार्ड प्राप्त गरिसकेका छन्।

महाराष्ट्रका विधासागर राव र लता मंगेस्करले आशालाई उक्त अवार्ड प्रदान गर्दैछन्।अवार्डमा उनले भारतीय १० लाख प्राप्त गर्ने भएकी छिन्।

तपाईको प्रतिक्रिया