ताजा खबर :- हस्तरेखामा  औँलाको धेरै महत्वपूर्ण स्थान हुन्छ । कुनैपनि व्यक्तिको हातको गहन अध्ययनद्वारा उस व्यक्तिको भूत , भविष्य र वर्तमान यी ३  कालको बारेमा सजिलैसँग थाहा पाउन सकिन्छ ।

हस्तरेखा विज्ञानका अनुसार औँलाद्वारा व्यक्तिको पूरै तरिकाले एक्स-रे गर्न सकिन्छ । औँला सानो-ठुलो, मोटो-पातलो, सिधा ,बाङ्गो, विभिन्न प्रकारका हुन्छन् ।आउनुहोस जान्नुहोस केहि विशेष कुरा….

प्रत्यक औँला तिन भागमा बाँडिएका हुन्छन् । जसलाई पोर भनिन्छ ।

पहिलो औँलालाई बुढी , दोस्रोलाई चोर  ,तेस्रोलाई माईली  चौथोलाई साँइलि र पाँचौलाई कान्छी औँला भनिन्छ ।

यी औँलाहरु क्रमशः बृहस्पति, शनि, सूर्य तथा बुधको परिवर्तनमा आधारित हुन्छन् । प्रत्यक औँलाको अलग अलग परीक्षा हुन्छ ।

१ . यदि औँलाको अगाडिको भागमा बिन्दु छ र औँलामा गाँठो देखिदैन भने उक्त औँला भएको मानिस कला र साहित्यको प्रेमी तथा धार्मिक विचार भएको हुन्छन् काम गर्ने क्षमता यी व्यक्तिमा कम हुन्छ। सांसारिक दृष्टिबाट निकम्मा हुन्छन्।लम्बाईको हिसाब भन्दा अधिक लामो औँला भएका मानिस अरु मानिसको काममा धेरै हस्तक्षेप गर्ने हुन्छन् ।

२. लामो र पातलो औँला भएको व्यक्ति धेरै चतुर तथा  नीतिज्ञ हुन्छन् ।

३. छोटो औँलावाला व्यक्ति अधिक समझदार हुन्छन् ।

४. धेरै छोटो औँला भएका व्यक्ति सुस्त, स्वार्थी तथा क्रूर प्रवृतिका हुन्छन् ।

५. जो व्यक्तिको पहिलो औँलाभन्दा नजिकको अर्को औँला धेरै ठुलो हुन्छ त्यी व्यक्ति तानाशाही हुन्छन् ।

६. यदि औँलाहरु जोड्याउँदा चोर औँला र माईली औँलाको बिचमा ग्याप हुन्छ भने उक्त व्यक्तिलाई ३५ वर्षको उमेर सम्म धनको कमी हुन्छ ।

७. साँइली र कान्छी औँलाबीच ग्याप हुन्छ भने वृद् अवस्थामा निर्धनको संकेत मानिन्छ । जो व्यक्तिको कान्छी औँला छोटो तथा बाङ्गो हुन्छ उनीहरु आत्तिने तथा बेइमान हुन्छन्।

तपाईको प्रतिक्रिया