एजेन्सी – के तपाईको आफ्नो साथी वा छिमेकीको नवजात शिुशलाई हेर्न जाँदै हुनुहुन्छ ? यदि हो भने शिशुलाई भेट्नु अघि केही महत्वपूर्ण विषयहरुमा ध्यान दिनुपर्छ । शिशुलाई भेट्न जाँदा उत्सुकता देखाउनु स्वभाविक हो । तर, तपाईको भ्रमणले भर्खरै जन्मिएको परिबारमा कुनै पनि असुविधा भने हुन हुँदैन् ।

राम्रोसँग हात धुनुहोस् शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । तसर्थ शिशुलाई कुनै पनि प्रकारको रोग लागको व्यक्तिबाट टाढै राख्नुपर्छ । तसर्थ बच्चा नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईको हात खुट्टा राम्रोसँग साबुन पानीले धुनुपर्छ । बच्चालाई छुनुपूर्व यो पहिलो मापदण्ड भए पनि धेरै जसो मानिसले बिर्सन्छ ।

एकघण्टाअघिदेखि धुमपान नगर्नुहोस् शिशु भेट गर्नुअघि धुमपान नगर्नुहोस् । यदि तपाई पिउने व्यक्ति हो भने तपाईले अन्तिम पटक चुरोट पिएको १ घन्टापछि मात्र बच्चालाई भेट गर्नुहोस् । मुख बेस्सरी कुल्ला गर्नुहोस् र चुरोटको गन्ध हटाउनुहोस् । किनकी तपाईको मुखको गन्धले शिशुलाई असर गर्न सक्छ । कतिपय अवस्थामा शिशुलाई एलर्जी पनि हुन सक्छ ।

शिशुलाई काखमा सक्दो नलिनुहोस् सानो र आकर्षक शिशुलाई देख्दा कतिपय व्यक्तिले आफ्नो मन थाम्न सक्दैनन् । शिशुप्रति उनीहरुको भावनात्मक माया बढ्न सक्छ । तर मन कठोर बनाउनुहोस् । यदि आफ्नो नजिकको वा छिमेकीको बच्चा होइन भने टाढै रहनुहोस । बच्चालाई अंगालोमा नराख्नुहोस् । एकातिर तपाईँसँग भएका ब्याक्टेरिया सर्न सक्छन् भने अर्कातिर अपरिचित व्यक्तिले समाउदा शिशुले असजिलो महशुस गर्ने वा मनोवैज्ञानिक अशर पर्ने गर्छ ।

अत्यधिक अत्त्तर छर्केर नजानुहोस् नवजातहरुलाई गन्धप्रति त्यति कडा चेतना नभए पनि शरिरमा अत्यधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने सम्भावना हुन्छ । तसर्थ सकभर तडकभडक नभई सामान्य भएर भेट गर्नुहोस् ।

रुघा लागेको समयमा नजानुहोस नवजात शिशुहरुको रोग प्रतिरोधी क्षमत निकै कमजोर हुन्छ । तसर्थ नवजात र उसको परिवारलाई भेट गर्नुपूर्व तपाईँ आफ्नो स्वास्थ्यको पूर्ण परीक्षण गर्नुहोस् । यदि तपाईलाई निरन्तर खोकी, हाच्छँयु वा यस्तै अन्य लक्षण छ भने भने बच्चालाई नभेट्नुहोस । रुघाका किटाणु सजिलै सर्ने भएकोले सकभर यस्तो बेला शिशुलाई भेट्न अस्पताल वा घरमा नजानुहोस् । तपाईँको भेट बच्चालाई थम समस्या ल्याउन नभई शिशु र उसको परिबारलाई खुसी साट्न हो भन्ने बुझनुहोस् । यदि तपाई आफै रोगी हुनुहुन्छ भने बच्चालाई भेटेर के फाइदा ?स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

हातमा उपहार नदिनुहोस् एक डेढ वर्षको शिशुलाई खानेकुरा, खेलौना वा अन्य उपहार हातैमा नदिनुहोस् । शिशुहरुले तपाईले दिएको खेलौना टोक्ने वा लगेको खानेकुरा खान नसक्ने वा खाने अवस्था नभएकोले पनि यस्ता उपहार लिएर जाने कष्ट नउठाएको बेस । बरु बच्चालाई के उपहार (लुगा, हर्लिक्स, सेयरलेक्स) ल्याइदिउ भनेर शिशुको परिबारलाई सोध्दा उपयुक्त हुन्छ । दिने उपहार सोध्न नहिच्कििचाउनुहोस् । यदि तपार्इँ लुगा लिएर जाने सोच बनाउनु भएको छ भने बच्चाको छालालाई उपयुक्त वा सुरक्षित हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पुयाउनुहोस् ।

तपाईको प्रतिक्रिया