ताजा खबर:- गहुँ केवल एक बलवर्धक अनाज मात्र नभई एक अत्यन्त प्रभावकारी उपयोगी औषधि पनि हो । सायद तपाईलाई जानकारी नहुन सक्छ गहुँको यी ५ फाइदा, जसलाई यहाँ यसप्रकार उल्लेख गरिएको छ ।

१-स्मरण शक्ति

गहुँबाट तयार हरीरामा चीनी र बदाम मिलाएर पिउँदा स्मरण शक्ति बढ्छ । यसको साथै दिमागी कमजोरी हटाउनका लागि यो निकै मद्दतगार सावित हुन्छ ।

२-खोकी

२० ग्राम गहुँको दानामा नून मिलाएर २५० मिलीलिटर पानीमा उमाल्नुहोस्, जबसम्म पानीको मात्रा एक तिहाई हुँदैन । यसलाई तातो-तातो नै पिउनुहोस् । लगातार एक हप्तासम्म यसको प्रयोग गर्नाले खोकी चाँडो निको हुन्छ ।

३-चिलाउने समस्या

गहुँको पिठो मुछेर त्वचामा पोल्ने, चिलाउने, फोका-खटिरा तथा आगोमा पोल्लेको समस्यामा आराम दिलाउँछ । यसको साथै यदि कुनै विषालु किराले टोकेमा गहुँको पिठोमा सिरका मिलाएर त्यस स्थानमा लगाउँदा लाभ मिल्छ ।

४-पत्थरी

पत्थरीको समस्यामा गहुँ र चनालाई उमालेर यसको पानीलाई केही दिन सम्म रोगीलाई खुवाउँदा मुत्राशय र किड्नीको पत्थरी पग्लेर निस्किन्छ ।

५-हड्डी टुट्नु

यस अवस्थामा थोरै गहुँको दानालाई तावामा भुटेर पिस्नुहोस् । यसमा मह मिलाएर केही दिनसम्म चाट्दा हड्डी सम्बन्धि समस्याबाट छुटकारा मिल्छ ।

तपाईको प्रतिक्रिया