ताजा खबर:- ५ वर्षसम्मको उमेर बच्चाका लागि जीवनको महत्वपूर्ण समय हुन्छ । किनकी यो समयमा बच्चाको मस्तिष्कको विकास तीव्र भैरहेको हुन्छ । स्वस्थ सन्तुलित आहार बच्चाको विकासको लागि मात्र नभई मस्तिष्कको विकासको लागि पनि आवश्यक हुन्छ । कम उमेरमा नै उचित पोषण र सन्तुलित भोजन खान शुरु गर्नाले बच्चालाई एक स्वस्थ जीवनशैली र सही भोजनको विकल्प छान्न मद्दत गर्छ । चिकित्सकका अनुसार खानपानमा यस्ता ७ चीज समावेश गर्नुपर्दछ, जसले बच्चाको मस्तिष्क विकासको लागि महत्वपूर्ण भूमिका निभाउँछ र निश्चित रूपमा बच्चालाई खुवाउनु पर्दछ ।

१-साबुत अनाज

होल ग्रीन या साबुत अनाज विशेषगरि ओट्स कम्प्लेक्स जटिल कार्बोहाइड्रेट र फाइबरको राम्रो स्रोत हो । यो बिस्तारै-बिस्तारै पच्छ र बच्चालाई स्थिर ऊर्जा दिन्छ । यसमा भिटामिन बी हुन्छ, जो पाचन प्रणालीको लागि राम्रो हुन्छ र ग्लुकोज स्तरलाई स्थिर राख्छ । ओट्स वीनिंगको अवधिमा बच्चालाई खुवाउनका लागि एक राम्रो भोजन हो । यो बच्चाहरूको दिनको स्वस्थ शुरुवातको साथै उनीहरूको ध्यान, एकाग्रता र स्मरण शक्ति सुधार्ने काम गर्छ ।

२-अण्डा

अण्डा प्रोटीनको एक राम्रो स्रोत हुनुको साथै अण्डामा भिटामिन ए, भिटामिन डी, भिटामिन ई र भिटामिन बी 12 पनि पाईन्छ । एग योल्कमा कोलोनको एक राम्रो मात्रा पनि हुन्छ, जसले बच्चाको मस्तिष्कको विकासमा मद्दत गर्छ । कोलोन स्मरण शक्ति बढाउन मद्दत गर्छ । एग व्हाइटमा आइरन हुन्छ, जो मस्तिष्कलाई सही तरिकाले काम गर्नका लागि सहायक हुन्छ ।

३-नट

अखरोट, बदाम र मम्फली भिटामिन ई ले भरिपूर्ण हुन्छ, जो एक एन्टीअक्सीडेन्ट हो । अखरोट मस्तिष्कको स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा डिएचए को एक राम्रो मात्रा हुन्छ, जो ओमेगा-3 फ्याटी एसिडको एक प्रकार हो । यसको साथै डिएचए लाई नवजात शिशुमा मस्तिष्क स्वास्थ्यको रक्षाका लागि राम्रो मानिन्छ ।

४-गाढा रंगको सब्जीहरू

टमाटर, शकरखण्ड, फर्सी, गाँजर जस्ता सब्जीहरू मस्तिष्क कोशिकालाई स्वस्थ राख्ने एन्टीअक्सीडेन्टको राम्रो स्रोत हो । यसलाई वीनिंग(आमाको दूधको साथै अन्य खाना खुवाउने)को अवधिमा खुवाउन सकिन्छ ।

५-फ्याटी माछा बच्चाको मस्तिष्कको विकासको लागि माछा सबैभन्दा राम्रो भोजन मानिन्छ । साल्मन, सार्डीन र म्याकेरल जस्ता फ्याटी माछा ओमेगा-3 फ्याटी एसडीको राम्रो स्रोत हो । मस्तिष्कको विकासको साथ-साथै मुटु र जोर्नीको स्वास्थ्यलाई पनि ध्यान राख्छ । माछामा भिटामिन डी को पनि स्रोत हो । यो हड्डीको स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ र इम्यूनिटीको समर्थन गर्न गर्छ ।

६-दही

डेयरी उत्पादन भिटामिन बी को राम्रो स्रोत हुन्छ, जो मस्तिष्कको सेल्स, न्यूरोट्रान्समीटर र एन्जाइमको विकासको लागि आवश्यक हुन्छ । यो प्रोटीन र कार्बोहाइड्रेटको एक ठूलो स्रोत हो । दही कम उमेर देखि नै बच्चालाई खुवाउन सकिन्छ । दहीमा राम्रो ब्याक्टेरियाको राम्रो मात्रा हुन्छ, जसले तपाईको बच्चाको इम्यूनिटी बढाउनुको साथ-साथै पाचन प्रणालीलाई सन्तुलित राख्छ ।

तपाईको प्रतिक्रिया