ताजा खबर:- बदलिँदो मौसमको साथै रुघाखोकीको समस्या हुनु एक समान्य कुरा मानिन्छ । चिसो, प्रदुषण र कुनै पनि किसिमको मेडिकेशनको साइड इफेक्टको कारणले खोकी लाग्न सक्छ । यस्तो अवस्था घाँटी सुख्खा हुनुको कारणले कुनै पनि चीज निल्न कठिन हुन्छ । खोकी लागेको समयमा सूप, अदुवा, मह, भिटामिन सी र मसालेदार खाना फाइदाजनक हुन्छ । केही यस्ता आहार पनि छन्, जसलाई खोकी लागेको समयमा सेवन गर्दा नोक्सान पुर्याउँछ । आज हामी यस्ता केही आहारको बारेमा चर्चा गर्दैछौँ, जसलाई खोकी लगेको समयमा सेवन गर्नुहुँदैन नत्र स्वास्थ्य समस्याले अझ सताउन सक्छ ।

दूध- दूधको सेवनले कफ बढ्ने सम्भावना हुन्छ । खोकीमा दूध र दूधबाट बनेका उत्पादनको सेवनले श्वसन क्षेत्र, फोक्सो र घाँटीमा कफ जम्मा हुन्छ । यसकारण राम्रो यो हुन्छ कि जब सम्म खोकी ठिक हुँदैन तबसम्म दूधको सेवन गर्नुहुँदैन ।

डिहाइड्रेशन- खोकी लागेको अवधिमा घाँटी सुख्खा हुनुको कारणले कुनै पनि चीज निल्न समस्या हुन्छ । यस्तो अवस्थामा बढी भन्दा बढी मात्रा तरल पदार्थ सेवन गर्ने सल्लाह दिने गरिन्छ । तर चिया, कफी र इनर्जी ड्रिंक्स लगायत पेय पदार्थ भने सेवन गर्नु हुँदैन ।

प्रोसेस्ड फूड- खोकी लागेको अवधिमा प्रोसेस्ड फूडको सेवनबाट बँच्नुपर्दछ । यस्तो अवस्थामा व्हाइट ब्रेड, व्हाइट पास्ता , बेक्ड फूड, चिप्स आदिको सेवन गर्नुको साटो हरियो सागसब्जी र पोषण प्रदान गर्ने खाद्य पदार्थ सेवन गर्नुपर्दछ ।

फ्राइड फूड्स– फ्राइड फूड्स खोकीमा लागेको अवधिमा निकै नोक्सान पुर्याउन सक्छ । चिप्स, फ्रेन्च फ्राइज र जंक फूड खोकीको समस्या रहेको बेला सेवन गर्नुहुँदैन ।

साइट्रस फ्रूट- साइट्रस एसिडले भरिपूर्ण फल खोकीलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा साइट्रस फलफूल पूर्ण रूपमा बन्देज गर्नुपर्दछ । यसको साटो पानीले भरिपूर्ण तरबुजा, पाइन एप्पल, आरू आदिको सेवन गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया