एजेन्सी । अमेरिकाको म्यासाच्यूसेट्स राज्यमा बस्ने ६६ वर्षकी एक महिलालाई मात्रै खोकी लागेको छ । तर उनको खोकी हामीले समान्य रुघा लाग्दा खोक्ने जस्तो सामान्य भने छैन ।

खोक्दा खोक्दै जोडले उनको करङको हड्डी नै भाँचिएको बताइएको छ । खोक्दाखोक्दै छातिको दायाँ भागमा दुख्न थालेपछि जँचाउनका लागि डाक्टरकोमा गएपछि बल्ल थाहा भयो की दायाँतर्फ हड्डी नै टुटेको थियो ।

सिटी स्क्यान गर्दा उनको नबौँ करङ भाँचिएको थाहा भयो । उनलाई लहरे खोकी लागेको समेत रिर्पोट आएपछि थाहा भयो । ६६ वर्षे ति महिलाले भाँचिएको करङ जोड्नका लागि शल्यक्रिया नै गर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया