एजेन्सी । ९ महिने गर्भवतीको उपचारका क्रममा मृत्य भएको छ । घटना दक्षिण अफ्रिकाको म्थ्यासी गाउँको हो । जहाँकी ३३ वर्षीया नामभेलिसो नामासोन्तो म्दोयी नामकी महिलाको अस्पतालमा मृत्यु भएपछि चिकित्सकले उनको पेटमा भएको बच्चा पनि मृत भएको बताएका थिए । त्यसपछि उनलाई कफिनमा हालेर शवगृहमा लगियो ।

१० दिनसम्म शवगृहमा राखेपछि जब ती महिलाको शवलाई अन्त्येष्टि गर्नका लागि कफिन खोलियो सोही समयमा उक्त मृत शिशु गर्भवती महिलाको पेटबाट बाहिरि निस्किएको अवस्थामा भेटीएपछि सबैजना लाशले बच्चा जन्माएको भन्दै यो घटनाले सनसनी नै मच्चायो ।

एक मृत महिलाले बच्चालाई जन्म दिएको घटनाले अहिले चिकित्सकहरु पनि छक्क परेका छन् । मृतक गर्भवतीको मांशपेशी शिथिल तथा कमजोर हुने भएको हुँदा पाठेघरको मांशपेशी पनि कमजोर भएपछि शिशु बाहिर निस्किएको चिकित्ससकको अनुमान भए पनि यस घटनाको खास रहस्य पत्ता लगाउन चिकित्सक असफल छन् ।

तपाईको प्रतिक्रिया