एजेन्सी – बलिउड अभिनेता सैफअली खानकी छोरी यतिबेला भारतिय मिडियाका पुनं चर्चामा आएकी छन् । चर्चामा आउनुको कारण पहिलो चलचित्र ‘केदारनाथमा काम गरिरहेकी उनलाई फेरी अर्को फिल्ममा काम गर्न अफर आउनु हो ।

यसैले पनि साराको डिमान्ड दिनहुँ बढिरहेको छ । उनलाई लिएर चलचित्रमा काम गर्न बलिउडका चर्चित निर्देशकहरु लागिपरेका छन् । भारतिय मिडियाका अनुसार उनलाई लिएर निर्देशक आशुतोष गोवारिकरले फिल्म बनाउन लागेको बताइएको छ ।

आशुतोषले सारासँग भेट पनि गरिसकेका छन् । आशुतोष आफ्नो नयाँ चलचित्रमा नायक अर्जुन कपुरको साथमा सारालाई फिचर गर्न चाहन्छन् । यसैले पनि उनीहरु चलचित्रको बिषयमा बहस गरिरहेको बताइएको छ । साराले डेब्यु फिल्म केदारनाथमा काम गर्ने सुरु गरेका बेला उनका खबरले भारतिय मिडिया गर्माएका थिए ।

तपाईको प्रतिक्रिया