महोत्तरी । अत्याधिक यात्रु सवार ट्रयाक्टर महोत्तरीमा दुर्घटनाग्रस्त बन्दा ४ जनाको ज्यान गएको छ । ज१त ३५१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर ७ सहसौलाका ४० वर्षीय सत्येन् साह, १८ वर्षीय लालबाबु मण्डल, ४५ वर्षीया सावित्रीदेवी मण्डल र माल्तीदेवी दाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश मल्लले जानकारी दिए ।

डीएसपी प्रकाश मल्लका अनुसार वसन्त पन्चमीमा सिन्धुलीको हत्तपत्तेस्थित लंगुरखोला महादेव स्थानमा मेला भर्न गएकाहरु र्फकर्दै गर्दा दुर्घटना भएको हो । मेलाबाट फर्किदै गरेकाहरुको प्रतिक्षामा रहेका आफन्तले उनीहरुको मृत्युको खबर सुनेका थिए । मृत्युको खवर परिवारजनसम्म आइपुग्दा अहिले सहशौला टोल नै शोकमग्न बन्न पुगेको छ भने घटनाको अझै दुख लाग्दो कुरा त के छ भने मृतकहरु सबै एकै गाउँका हुन् । राजमार्गमा चेकजाँच गर्दागर्दै समेत यात्रुहरुले तीर्थ जान लागेको बेला भन्दै सुरक्षा अपनाएर जान भन्दा समेत नमानेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया