एजेन्सी । बलिउडमा सुन्दरी नायिका एेश्वर्य राय र उनकी सासु जया बच्चनबीचको सम्बन्धमा खटपट भइरहेको खबर बाहिर आइरहेका बेला अर्की नायिक रानी मुखर्जी र उनकी सासु पामेला चोपडाको सम्बन्धको चर्चा बाहिर आएको छ ।

तर यि सासु बुहारीको चर्चा एश्वर्य जयामा भएको खटपटको जस्तो नभइ सुमधुर सम्न्धको कुरा हो । खबर अनुसार रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग गुपचुप विवाह गरपछि पहिलोपटक सार्वजनिक रुपमा सासु पामेलासँग देखिएकी थिइन् ।रानी र पामेलालाई धेरै समारोहहरुमा सँगै देखिने गरेका छन् । उनीहरु बिच अत्यन्तै राम्रो सम्बन्ध भएको बताइएको छ । रानी सासु पामेलाले एक अन्तवार्तामा रानीको सबैभन्दा विशेष कुरा भनेको उनले आदर गर्छिन र हाम्रो धेरै राम्रो सम्बन्ध छ भनेर बताएकी थिइन् । रानी अभिनित पछिल्लो फिल्म हिच्की हो ।

तपाईको प्रतिक्रिया