काठमाडौं, ९ माघ । कुनै समय राजधानी ठमेल र नयाँ बसपार्क क्षेत्र बेश्यावृत्तिका लागि बदनाम थिए । ती क्षेत्रका लजहरुमा खुलेआम बेश्यावृत्ति चल्दथ्यो । अहिले ठमेलमा पहिलेजस्तो बेश्यवृत्ति भन्दा चल्दैन ।

त, गोंगबु क्षेत्रमा भने समस्या उस्तै छ । राजधानी बेश्यावृत्तिको धन्दा झन् बढेको छ, तर, स्वरुप फेरिएको छ । विभिन्न घरदेखि अपार्टमेन्टहरुमा गोप्य रुपमा कोठी सञ्चालन हुने गरेको छ ।

प्रहरीको जागिर छाडेर वेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेपछि बेश्यालयको अवस्थामा बाहिर आएको छ । कालिमाटीमा रेष्टुरेन्टको अवधारणामा कोठी चलाउने पूर्वप्रहरी भीमबहादुर विकलाई प्रहरीले पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिललालाई माघ १ गते पक्राउ गरेको हो । दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा गाउँदै आएको प्रहरी वृत्त कालिमाटीका डिएसी प्रदीप क्षेत्रीले बताए । कालिमाटीको काठमाडौं इन्जिनियरिङ कलेज अगाडि उनले भ्यूप्वाइन्ट नामक रेष्टुरेन्ट चलाउँदै आएका थिए । दृष्टि साप्ताहिकमा खबर छ ।

पक्राउ परेका विक पूर्वप्रहरी हुन् । जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया