ताजा खबर:- पिरो खानुको विभिन्न किसिमको नोक्सानका बारेमा तपाईले अवश्य सुन्नु भएकै होला । प्रायजसो मानिसको सामान्य धारणा रहेको छ कि पिरो भोजन सेवन गर्दा पेट खराब हुनसक्छ या शरीरमा सूजन आउन सक्छ । तर आज हामी तपाईलाई पिरो भोजन खानुको केही यस्ता फाइदाको बारेमा बताउँदैछौँ, जसको जानकारी राखी तपाई अवश्य अचम्म पर्नुहुनेछ । हरियो वा रातो खुर्सानी हालेर बनाइएको पिरो खानाले मोटोपन, क्यान्सर र डिप्रेशनदेखि बचाउन मद्दतगार हुनसक्छ । पिरो मसालेदार खाना खानुको फाइदाहरू यस्ता छन्-

मोटोपन कम हुन्छ- पिरो भोजनले तपाईलाई कहिलै मोटो हुन दिन्न किनकी पिरो मसलेदार भोजनले शरीरमा फ्याट जम्न दिँदैन । साथै यसमा क्यालोरी पनि एकदम कम मात्रामा हुन्छ । यस्तो अवस्थामा पिरो मसलेदार भोजन मोटोपन घटाउन मद्दतगार सावित हुन्छ ।

ब्लड प्रेशर नियन्त्रित रहन्छ- ब्लड प्रेशरको रोगीका लागि पिरो मसलेदार भोजन लाभदायक हुनसक्छ । वास्तवमा खानाको पिरोपन शरीरमा रक्तप्रवाहलाई नियन्त्रित राख्छ । यस कारणले मुटुमा रक्तप्रवाह सही रहन्छ र ब्लड प्रेशरको समस्या कम हुन्छ ।

तनाव र चिन्ताबाट छुटकारा- पिरो भोजनले हाम्रो शरीरमा ह्याप्पी हर्मोन सेरोटोनिनको प्रोडक्शन बढाउँछ । यस्तो अवस्थामा तपाईको तनाव निकै हद सम्म कम हुनसक्छ ।

मुटुलाई स्वस्थ राख्छ- पिरो खुर्सानीले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ । यसको साथै एक अध्ययनमा भनिएको छ कि मसालेदार भोजनले हर्ट अट्याक र स्ट्रोकको खतरा निकै कम हुन्छ ।

क्यान्सर रोक्न मद्दतगार- एक रिसर्च पत्ता लागेको छ कि खुर्सानीमा प्रयाप्त मात्रामा क्याप्सेसीन नामक एल्कोइड यौगिक पाईन्छ । यसले क्यान्सर कोशीकालाई कम गर्न मद्दत गर्छ ।

ध्यान राख्नुहोस् कि बढी मात्रामा कुनै पनि चीजको सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ । मसालेदार खाना सन्तुलित मात्रामा खानुपर्दछ र खाइसकेपछी पेटमा पोल्ने जस्ता कुनै पनि किसिमको समस्या देखिएमा तुरुन्त चिकत्सकसँग सल्लाह लिनुपर्दछ

तपाईको प्रतिक्रिया