ताजा खबर:- चिसो मौसममा कयौँ किसिमको रोगहरूको आशंका बढ्छ । यस्तो अवस्थामा खानपानमा केही चीज समावेश गरि शरीरको तापमान न्यानो राख्न सकिन्छ । यसो गर्दा कयौँ रोगहरूबाट आराम पनि मिल्छ । भान्सामा उपलब्ध केही सजिला उपाय छन्, जसलाई अपनाई चिसोबाट बँच्न मद्दत गर्छ । दालचीनी, इलायाची, रातो खुर्सानी जस्ता मसलाको प्रयोग गरि केवल रुघाखोकी जस्ता रोगहरूबाट छुटकारा मिल्ने मात्र नभई शरीरको तापमानमा पनि वृद्धि गर्न सकिन्छ । यी घरेलू औषधिको प्रयोगले तपाईको शरीरमा रक्तप्रवाहलाई दुरुस्त राख्छ, जसबाट अत्यधिक चिसोमा पनि न्यानो महसूस गर्न सक्नुहुन्छ ।

दालचीनी- दालचीनी शरीरको अतिरिक्त चिस्यान सुकाउन तथा शरीरलाई न्यानो राख्न मद्दत गर्छ । यसको साथै यसमा एन्टी-सेप्टिक गुण पनि हुन्छ तथा यसबाट पाचन प्रणाली पनि ठिक रहन्छ ।

इलायची- इलायची पनि शरीरलाई न्यानो राख्न मद्दत गर्छ । यसलाई माउथ फ्रेशनरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसले श्वासप्रश्वास प्रणालीलाई दुरुस्त राख्न सहयोग गर्छ । जाडो मौसममा प्रायजसो चिसोको कारणले टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । इलायाचीले यस दुखाईबाट आराम दिलाउनमा मद्दतगार हुन्छ ।

रातो खुर्सानी- खोकी र र्यालको समस्यालाई नष्ट गर्नका लागि रातो खुर्सानी मद्दतगार हुन्छ । यसमा क्याप्साइसिन नामक तत्व पाईन्छ, जसले शरीरको मेटाबोलिक रेट सन्तुलित राख्छ । यसको साथै यसले शरीरको भित्री तापमान पनि बढाउन मद्दत गर्छ ।

कालो मरिच- कालो मरिच एन्टी-अक्सीडेन्ट र एन्टी-सेप्टिक गुणहरूले भरिपूर्ण हुन्छ । जाडोमा सूप या चिया आदि तातो चीजको साथ यसको सेवन गरेमा यसले रुघाखोकी जस्ता रोगहरूलाई टाढा राख्छ ।

अदुवा- अदुवाको सेवनले शरीरमा रक्तप्रावाह दुरुस्त राख्छ । यसबाट शरीरमा गर्मी बढ्छ । अदुवाको पानीको प्रयोग गरि रुघाखोकी जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यसको लागि अदुवालाई पानीमा उमाल्नुहोस् र यस पानीलाई नुहाउँने पानीमा मिलाएर स्नान गर्नुहोस् ।

तपाईको प्रतिक्रिया