ताजा खबर:- मलाशयको वरिपरीको नसामा सूजन हुनुको कारण पाइल्स अर्थात् हेमोराइडको समस्या हुन्छ । यसको सबैभन्दा प्रमुख कारण खानपानको अनियमित हुनु हो । पाइल्स दुई किसिमको हुन्छ । भित्री पाइल्समा नसामा सूजन देखिँदैन जबकी बाहिरी पाइल्समा यो मलद्वारको ठिक बाहिर देखिन्छ । यस्तो अवस्थामा जब मलत्याग गर्ने कोशिश हुन्छ तब अत्यधिक पीडा र रक्तस्रावको समस्या हुन्छ । केही आयुर्वेदिक औषधिहरूमा यसको प्रभावकारी उपचार रहेको हुन्छ । यसको प्रयोगले पाइल्सको समस्याबाट पूर्ण रूपमा छुटकारा पाउन सकिन्छ ।

छाछ र जीरा- पाइल्सलाई चाँडो भन्दा चाँडो निको पार्नका लागि यो अत्यन्त प्रभावकारी उपाय हो । दुई लीटर छाछमा पचास ग्राम जीरा पिसेर मिलाउनुहोस् र जब प्यास लाग्छ तब पानीको साटो यो मिश्रण पिउनुहोस् । तीन देखि चार दिनको अन्तरालमै लाभ देखिन थाल्छ । छाछको साटो पानीको प्रयोग पनि गर्न सकिन्छ । यसको लागि एक गिलास पानीमा आधा चम्मच जीरा पाउडर मिलाएर पिउनुहोस् ।

इसबगोल- इसबगोलको भूस खाँदा पेट सफा रहन्छ र मलको कठोरता कम हुन्छ । यसबाट पाइल्सको दुखाई कम हुन्छ ।

इलायाची- इलायाचीलाई ५० ग्राम मात्र लिएर तावामा भुट्नुहोस् । जब इलायाची भुट्दै गर्दा जलेमा तब यसलाई तावाबाट निकालेर चिसो हुन दिनुहोस् र पिसेर राख्नुहोस् । हरेक दिनहुँ बिहान खाली पेट यस पाउडरको साथ पानी पिउनुहोस् । यसबाट चाँडो पाइल्स ठिक हुन्छ ।

किशमिश- राति सुत्ने समय सय ग्राम किशमिशलाई पानीमा भिजाउनुहोस् । बिहान उठेर पानीमा मै यसलाई मिक्स गर्नुहोस् र दिनहुँ यस पानीलाई सेवन गर्नुहोस् । पाइल्स रोगका लागि यो अत्यन्त प्रभावकारी उपाय हो ।

जामुन- रक्ताम्य पाइल्समा जामुन र आँपको बियाँ निकै उपयोगी चीज हुनेगर्छ । जामुन र आँपको गुदीको भित्रको भाग निकालेर यसलाई घाममा सुकाउनुहोस् र यसको पाउडर तयार गर्नुहोस् । यस पाउडरको एक चम्मच मात्रा मनतातो पानी या छाछको साथ सेवन गर्नुहोस् । पाइल्समा निकै लाभदायक हुन्छ ।

तपाईको प्रतिक्रिया