ताजा खबर:- चटनीको सेवनले खानामा स्वाद बढाउनुको साथै विभिन्न किसिमको स्वास्थ्यलाभ पनि प्रदान गर्छ । चटनीमा स्वाद अलि पिरो भएता पनि लगभग अधिकांश मानिसले यसलाई अत्यन्त रुचाउने गर्दछन् । चटनीको नेपाली भोजनमा एक अलग नै महत्व रहेको छ । हामी विभिन्न किसिमको चटनीको प्रयोग गर्छौँ, जस्तै:-धनिया, पुदिना, टमाटर, प्याज र लसुन, अमला आदि । चटनीको प्रयोग हाम्रो देशमा लगभग सबै घरमा हुन्छ । चटनीको सेवनले हाम्रो शरीरको इम्यूनिटी बढ्छ, जसबाट कयौँ किसिमको इन्फेक्शनसँग लड्न मद्दत मिल्छ । तरपनि कतिपय मानिसलाई अझै पनि चटनीको खानुको सम्पूर्ण फाइदाको बारेमा जानकारी छैन । यसकारण आज हामी चटनीको सेवनले प्राप्त हुने स्वास्थ्यलाभको बारेमा चर्चा गर्दैछौँ, जुन यस्ता छन् ।

१-पुदिनाको चटनी

पुदिनाको चटनी हाम्रो स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । यसले पाचन क्रिया बढाउँछ, इन्फ्लामेसनलाई कम गर्छ र पेटलाई पनि निकै आराम दिलाउँछ । यसको साथै भोक बढाउने, कब्जियत र उल्टी आदि निको पार्ने काम गर्छ ।

२-करीको पातको चटनीमा आइरन र फोलिक एसिडको राम्रो स्रोत हुन्छ । फोलिक एसिड शरीरमा आइरनको अवशोषित गर्न पनि मद्दत गर्छ, जसको कारण यसले शरीरमा रगतको कमीलाई पूरा गर्छ र यसकारण यसलाई एनिमियाको लागि एक नेचुरल औषधि मानिन्छ ।

३-अमलाको चटनी

अमलामा भिटामिन सी को अधिक मात्रा पाईन्छ, जसको कारण यसले शरीरमा इम्यूनिटी बढाउने काम गर्छ र त्वचा सम्बन्धि समस्याहरू जस्तै:- दाग-धब्बा, डन्डीफोर र चाउरीपन आदि हुने सम्भावना कम गर्छ । यसको साथै यसले शरीरमा रहेको कोलेस्ट्रोल स्तरलाई कम गर्छ । अमलाले प्यानक्रियाजलाई प्रेरित गर्छ, जसबाट इन्सुलिनको स्राव नियन्त्रित हुन्छ र डायबिटीज पनि नियन्त्रण हुन्छ ।

४-धनियाको पातको चटनी

धनियाको चटनी सबैभन्दा बढी सेवन गर्ने गरिन्छ । धनियाले पचान बढाउने काम गर्छ, यसकारण यसलाई प्रभावकारी उपचार मानिन्छ । यसमा भिटामिन सी र भिटामिन K अधिक मात्रामा पाईन्छ । यसले इन्सुलिनको स्रावलाई प्रेरित गर्छ, जसबाट यसले ब्लड सुगर लेभललाई कम गरी डायबिटीजलाई नियन्त्रित गर्ने काम गर्छ ।

५-प्याज र लसुनको चटनी

यस चटनीको प्रयोगले पेट सम्बन्धि जटिल समस्याहरू जस्तै:- कब्जियत, पाइल्स, आदि निको पार्न माद्दत मिल्छ । लसुनमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीइन्फ्लामेट्री गुण हुनुको कारणले यो विभिन्न किसिमको रोगहरूको उपचारमा सहायक हुन्छ । साथै यसले ब्लड कोलेस्ट्रोल लेभललाई कम गर्छ, जसबाट डायबिटीज जस्ता खतरनाक रोग हुने सम्भावना कम हुन्छ ।

६-टमाटरको चटनी

टमाटरको चटनीको प्रयोगले तपाईलाई प्रयाप्त भिटामिन र ग्लूटाथिओन मिल्छ, जसको कारणले कयौँ किसिमको स्वास्थ्य लाभ प्राप्त हुन्छ । टमाटरको चटनीको प्रयोगले मानिसहरूमा क्यान्सर जस्ता खतरनाक रोगहरूबाट आराम मिल्छ र उनीहरूले एक दिर्घ र स्वस्थ जीवन बिताउन सक्छन् ।

तपाईको प्रतिक्रिया