दाङ, माघ ८ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुन्डी आफैं आत्महत्या गरेकोजस्तो देखाएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया