काठमाडौँ – अभिनेत्री पूजा शर्माले निर्माण गर्न लागेको नयाँ फिल्ममा हाँस्य कलाकार माग्ने बुढासँगै जितु नेपालले पनि काम गर्ने भएका छन् ।

नाम तय नभइसकेको उक्त फिल्ममा हाँस्य कलाकार केदार घिमिरेले १० लाख पारिश्रमिक लिएर फिल्म खेल्न लागेको चर्चा सेलाउन नपाउदै जितु पनि फाइनल भएको बताइएको छ ।यद्यपि उनको पारिश्रमिकको कुरा भने बाहिर आएको छैन् ।

यसअगाडि नै फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा फाइनल भैसकेका छन् ।

फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । लभ स्टोरी र कमेडी कथामा निर्माण गर्ने भनिएको फिल्मको छायांकन माघको अन्तिम साताबाट सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया