काठमाडौँ -अभिनेत्री नीता ढुंगाना लामो समयपछि मिडियामा देखिएकी छन् । हुर्रे’को एक आइटम गीत रिलिज भएका कारण उनी मिडियामा देखिएकी हुन् । आइटम गीत मन परेकाले आफूले पहिलो पटक आइटम गीतमा कम्मर मर्काएको बताउने नीता नृत्यमा पोख्त भएपनि बोल्ड अवतारमा आइटममा देखिएकी भने थिइनन् ।

नीताले निकै हट अवतारमा आइटम नृत्य गरेकी छिन् । नृत्यसँगै उनको कम्मरमा भएको ट्याटुले यतिबेला चर्चा पाएको छ ।तर ट्याटु सक्कली नभइ नक्कली ट्याटु भएको नीताले बताएकी छन् ।तर, गर्धनमा भने उनको सक्कली ट्याटु नै छ ।

तपाईको प्रतिक्रिया