एजेन्सी -बाहुबलीकी नायिका अनुस्का सेठ्ठीले पहिलो पटक प्रभाससँगको सम्बन्धबारे मुख खोलेकी छन् । उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत बाहिर आएपछि उनले बाध्य भएरै मुख खोलेकी हुन् ।उनले भनेकी छन् ।म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’ उनको यो भनाइसँगै प्रभास र अनुस्काको बिहे भएको देख्न खोज्नेहरु निराश भएका छन् ।अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने भन्दै उनले आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहेको बताएकी छन् ।उनले भनेकी छिन्, ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा बाहर ल्याउनै ल्याउनै चाहन्नँ ।’

तपाईको प्रतिक्रिया