एजेन्सी- बिग बोस-११’ बाट चर्चामा आएकी अर्शी खान यतिबेला बलिउडमा चर्चामा आएकी छन् ।चर्चासँगै उनको भाग्य एकाएक चम्केको छ । भारतिय मिडियाका अनुसार सलमान खानका कारण उनी अब प्रभासको फिल्ममा काम गर्ने अवसर पाउने भएकी छन् ।

यसको खुलासा अर्शी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत गरेकी हुन् । उनले सलमानका कारण आफूले फिल्ममा काम गर्ने अवसर पाएकोमा धन्यवाद समेत दिएकी छन् ।अर्शीलाई सलमानले नै प्रभासको फिल्ममा काम गर्ने अवसर दिएका छन् ।

तपाईको प्रतिक्रिया