काठमाडौं । माइकल क्लार्कले नेपालका सन्दिप लामिछानेको खुलेर तारिफ गर्दै उनीसँग बहुआयामिक प्रतिभा भएको बताएका छन् । अष्ट्रेलियाका चर्चित क्रिकेटर क्लार्कले ट्विटरमा ट्विट गर्दै भनेका छन् यदि म आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दिप लामिछानेलार्ई अनुबन्धित गर्ने थिए ।

इन्डियन प्रिमियर लिग आईपीएलको ११औं संस्करणको अक्सन लिस्टमा परेका सन्दिप लामिछाने चर्चामा रहेका बेला माइकल क्लार्कले आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए सन्दिपलाई अनुबन्धित गर्ने मौका नगुमाउने बताएका छुन् । नेपालका लेग स्पिनर सन्दिप आईपिएल क्रिकेटको बोलकबोल अर्थात अक्सनका लागि छनोट भएपछि उनको चर्चा क्रिकेट प्रेमीहरुमा ह्वात्तै चुलीएको हो । जनवरी २७ र २८ तारिखमा हुने अक्सनमा बिश्वभरका ५७८ जना क्रिकेटरसँगै पहिलो पटक नेपाली खेलाडीको नाम पनि जोडिएपछि सोसल मिडिया चर्चा छाएको छ। आईपीएलको एसोसीएट कोटामा रहेका सन्दिपको अक्सनमा बेस प्राईस २० लाख भारतीय रुपैयाँ छ।

तपाईको प्रतिक्रिया